एक महिनामै निर्जीवन बीमा कम्पनीहरुले उठाए चार अर्ब २६ करोड बीमाशुल्क, कुनले कति गरे संकलन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एक महिनामै निर्जीवन बीमा कम्पनीहरुले उठाए चार अर्ब २६ करोड बीमाशुल्क, कुनले कति गरे संकलन ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा चार अर्ब २६ करोड रुपैंयाबराबरको कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले एक महिनामा दुई लाख २१ हजार ७१ वटा बीमा पोलिसी विक्री गरी सो बराबरको बीमाशुल्क संलन गरेका हुन् ।

निर्जीवन बीमकहरुको पहिलो महिनाको यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा भने ६.८८ प्रतिशत बढी हो । गत आवको पहिलो महिनामा निर्जीवन बीमा कम्पनीहरुले तीन अर्ब ९८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

चालु आवको पहिलो महिना अर्थात साउनमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरको छ । कम्पनीले यस अवधिमा ६३ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ३६ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३२ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । नेको इन्स्योरेन्स कम्पनीले ३१ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३० करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

त्यसैगरी, ओरिएण्टल इन्स्योरेन्सले २९ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। नेपाल इन्स्योरेन्सले २८ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। राष्ट्रिय बीमा कम्पनीले २५ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यूनाइटेड अजोड इन्स्योरेन्सले २५ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

यता, एनएलजी इन्स्योरेन्स कम्पनीले २४ करोड ९८लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। नेशनल इन्स्योरेन्सले २२ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । सानिमा जिआइसी इन्स्योरेन्सले १८ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले १० करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्रकाशित : १६ भाद्र २०८१, आईतवार २१:०१