जनतामा गाभियो त्रिवेणी, भोलिदेखि एकीकृत कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनतामा गाभियो त्रिवेणी, भोलिदेखि एकीकृत कारोबार



काठमाडाै २४ चैत । जनता बैंक लिमिटेडले त्रिवेणी विकास बैंकलाई गाभेर भोलि (चैत्र २५ गते)देखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । जनता र त्रिवेणी एक बराबर एकको स्वाप रेसियोमा एकआपसमा गाभिएका हुन् । मर्जरका लागि यी दुई बैंकले गत कात्तिक १७ गते सम्झौता गरेका थिए ।

एकीकृत कारोबारसम्बन्धी आवश्यक वित्तीय व्यवस्था मिलाउनका लागि चैत्र २४ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द गरिने समेत जानकारी दिइएको छ । एकीकृत कारोबार सुरु गर्नका लागि चैत्र ६ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले चैत्र १३ गते अनुमति दिएको थियो ।  मर्जरपछि जनता बैंकको चुक्तापुँजी चार अर्ब ९० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।

आठ अर्ब चुक्तापुँजी पुर्याउन जनता बैंकले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई खरिद गर्दैछ । यी दुई बैंकबीच पनि एक बराबर एकको स्वाप रेसियो तय भएको छ । यसअघि जताले त्रिवेणीलाई गाभेर कायम चुक्तापुँजीको ६० प्रतिशत हकप्रद जारी गरेर पुँजी पुर्याउने निर्णय अघि सारेको थियो । तर, सिद्धार्थलाई खरिद गरेपछि आठ अर्ब चुक्तापुँजी नाघ्ने भएकाले हकप्रद निष्काशनको निर्णयमाथि पुनर्विचार गरिने भएको छ ।

प्रकाशित : २४ चैत्र २०७३, बिहीबार १३:५५