सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?



काठमाडौं । बिहीबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन बुधबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घट्दै प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित : १३ भाद्र २०८१, बिहीबार १०:५४