सुनको मूल्य हालसम्मकै उच्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौं । बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुनको मूल्य एक लाख ५३ हजार पुगेको थियो ।

आज दिन चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : १२ भाद्र २०८१, बुधबार ११:२९