एक महिनामै एक खर्ब १६ अर्बकाे व्यापार घाटा,भारतसँग मात्रै ७० अर्ब बढी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एक महिनामै एक खर्ब १६ अर्बकाे व्यापार घाटा,भारतसँग मात्रै ७० अर्ब बढी



काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा मात्रै देशको व्यापार घाटा १ खर्ब बढी पुगेको छ । चालु आवको साउनमा देशको व्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ पुगेको हो।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.३८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८०/८१ को साउनमा भने १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको थियो ।

भन्सार विभागको तथ्यांक अनुसार साउनमा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । यो रकम अघिल्लो आवको तुलनामा ९.६३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको साउनमा १३ अर्ब ५२ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

यस्तै साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाखको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको तुलनामा ०.६७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको साउनमा १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

विभागका अनुसार गत साउनमा भारतसँग सबैभन्दा धेर्रै व्यापार घाटा भएको छ । भारतसँग मात्रै ७० अर्ब १० करोड ४२ लाखबराबरको व्यापार घाटा भएको छ । साउनमा भारतबाट ७७ अर्ब ६८ करोड ३१ लाख बराबरको वस्तु आयात र ७ अर्ब ५७ करोड ८८ लाख रुपैयाँको वस्तु निर्यात भएको तथ्यांकले देखाएको छ ।

प्रकाशित : ९ भाद्र २०८१, आईतवार १२:३२