साइन रेसुंगा डेभलपमेण्ट बैंक इमर्जिङ एशिया बैकिंङ अवार्ड २०२३ बाट विभूषित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साइन रेसुंगा डेभलपमेण्ट बैंक इमर्जिङ एशिया बैकिंङ अवार्ड २०२३ बाट विभूषित



काठमाडौं । साइन रेसुंगा डेभलपमेण्ट बैंक इमर्जिङ एशिया बैकिंङ अवार्ड २०२३ बाट विभूषित भएको छ । त्यस्तै, बैंकले अन्य तीन वटा महत्वपूर्ण उपाधि समेत हात पार्न सफल भएको हो ।

हिजो भारतको नयाँ दिल्लीमा आयोजित इण्डियन च्याम्बर अफ कमर्स कार्यक्रम ‘बैंकिङ कनक्लेभ २०२४’ मा शाइन रेसुंगाले नेपालबाट ‘बेस्ट बैंक’ तथा बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ विधामा समेत उत्कृष्ट साबित भएको हो ।

सो कार्यक्रममा अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायतका देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए भने कार्यक्रम स्थलमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका डीसीईओ लोकराज पनेरु र प्रमुख वित्त अधिकृत भुवन पन्थ पुरस्कार थाप्न पुगेका थिए।

सो अवार्ड समारोह गत वर्षदेखि सुरु गरिएको कार्यक्रममा जानकारी दिइएको थियो । यसपालि बैंकले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी,सञ्चालन खर्च,कर पछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सुचकहरुमा उत्कृष्ट भएको हो भने कूल विधा १७ वटा छुट्याइएका थिए ।

कार्यक्रममा पुरस्कार थाप्दै गर्दा यस्ता पुरस्कारले आफ्नो र ग्राहकहरुको विश्वस्नियता पहिचान गर्न थप मद्धत पुग्ने विश्वास बैंक पक्षले व्यक्त गरेका थिए ।

प्रकाशित : ८ भाद्र २०८१, शनिबार १५:४९