सांग्रिला डेभलपमेन्ट बैंककाे सवा दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सांग्रिला डेभलपमेन्ट बैंककाे सवा दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको दुई लाख १५ हजार ३५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यसमध्ये बैंकले एक लाख ३९ हजार ६८३ कित्ता सेयर संस्थापक सेयरधनीहरुका लागि र ७५ हजार ६७२ कित्ता सेयर आम सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि बिक्रीमा राखेको हो ।

लगानीकर्ताले काठमाण्डौ बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ।

संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयरका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र र सर्वसाधारणका लागि राखिएको सेयरका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रकाशित : ७ भाद्र २०८१, शुक्रबार १२:०२