काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि शुक्रबार समाप्त भएको छ। संस्थाको संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो ।
संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सात लाख कित्ता र कर्मचारीको स्वामित्वमा रहेको पाँच हजार ४६९ कित्ता गरी कुल सात लाख पाँच हजार ४६९ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।
लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । तर संस्थाको संस्थापक सेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा संस्थाको उच्च तहमा रहेका कर्मचारीले भने सेयर खरिदबिक्री गर्न नपाउने संस्थाले स्पष्ट पारेको छ ।
Comment