विजय लघुवित्तको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

विजय लघुवित्तको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । ८ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ६४ हजार ३०८ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन् । ३५ दिनभित्र संस्थापक सेयरधनीले नकिनेमा उक्त सेयर सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याउने कम्पनीले जनाएको छ ।

सेयर किन्न इच्छुक सेयरधनीले आवश्यक पर्ने कागजात सहित काभ्रेपलाञ्चोकको धुलिखेलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

प्रकाशित : ७ भाद्र २०८१, शुक्रबार ११:४८