सेयर बजारमा सामान्य सुधार, १८ अर्ब ९० करोड माथिकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सेयर बजारमा सामान्य सुधार, १८ अर्ब ९० करोड माथिकाे काराेबार



काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ । बजार आज २.११ अंकले बढेर २९६८.४४ को विन्दुमा पुगेको हो।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक बढेको छ। आज १०० वटा कम्पनीको सेयरमुल्य बढेको छ भने १४० वटाको घटेको छ। साथै, चार कंम्पनीको स्थिर रहेको छ ।

आज नेप्से उपसमूहका १३ वटामध्ये पाँच वटा समूहमात्रै बढेको छ अन्य आठ समूह घटेको छ। आज वित्त समूह सर्वाधिक १८६.८९अंकले बढेको छ । बैंकिङ समूह १०.१३ अंक, विकास बैंक ४०.५७ अंक बढेका छन्।

आज ३३७ कम्पनीको चार करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६६ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपी पावर कम्पनीको ४५ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर कम्पनी र मल्टीप्रपोज फाइनान्स कम्पनीको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको सेयरमा आज नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित : ५ भाद्र २०८१, बुधबार १५:२०