सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्याे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्याे ?



काठमाडौं । बुधबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ताेलामा आठ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ५३ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदीको मूल्य प्रतिताेला एक हजार ८३५ रुपैयाँमा कायम भएको छ । मंगलबार यसको मूल्य प्रतितोला एक हजार ८२० रुपैयाँ कायम थियो ।

प्रकाशित : ५ भाद्र २०८१, बुधबार ११:००