धितोपत्र ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता (पूर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

धितोपत्र ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता (पूर्णपाठ)



काठमाडौं । अर्थ मन्त्रालयले संसदमा धितोपत्र सम्बन्धी विधेयक दर्ता गरेको छ। मन्त्रालयले धितोपत्र सम्बन्धी (पहिलो (संशोधन) विधेयक २०८१ गत शुक्रबार प्रतिनिधि सभा बैठकमा दर्ता गरेको हो ।

उक्त विद्येयकलाई संघीय संसदमा पेश गर्न सरकारले गत साउन १७ गतेको मन्त्रिपरिषदको बैठकले स्वीकृत दिएको थियो । शुक्रवार संघीय संसद्मा दर्ता भएको धितोपत्र सम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयकमा दण्ड सजायतर्फ कडाइ गर्ने गरि संशोधन प्रस्ताव छ ।

यस्तै, धितोपत्र बजारलाई नियमन गर्न बनेको धितोपत्र बोर्ड सम्बन्धि ऐन २०६३ लाई पनि संशोधन गर्न लागेको हो। विधेयकमा दण्ड सजायतर्फ कडाइ गर्ने गरि संशोधन प्रस्ताव छ ।त्यस्तै धितोपत्र बोर्डका पदाधिकारी र कर्मचारीलाई स्वार्थ बाझिने निर्णयमा सामेल हुनमा कडाइ गरिएको छ ।

नेपाल धितोपत्र बोर्डको सदस्य वा कर्मचारीको धितोपत्र, वस्तु र वस्तु करार सम्बन्धमा स्वार्थ बाझिन सक्ने सम्बन्धमा रहेको बिद्यमान व्यवस्थालाई थप स्पष्ट तथा पारदर्शी एवं संशोधन गर्नुपर्नाको कारण व्यवस्थित बनाउन आवश्यक भएको संशोधन गरिएको विधेयकमा उल्लेख छ ।

प्रकाशित : २ भाद्र २०८१, आईतवार १४:०९