सेयर बजारमा सामान्य करेक्सन, बजार ८ अंकले घट्दा साढे २१ अर्ब बढीको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सेयर बजारमा सामान्य करेक्सन, बजार ८ अंकले घट्दा साढे २१ अर्ब बढीको कारोबार



काठमाडौं । मंगलबार नेप्से परिसूचक ओरालो लागेको छ । आज बजार ८.१८ अंक घटेर २९२३.४६ विन्दुमा झरेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.३२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५७ अंक घटेको छ।

आज ३३२ कम्पनीको पाँच करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको ८१ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६८ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४४ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यसैगरी आज मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर र गुडविल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने नेपाल फाइनान्सको सेयरमूल्य सर्वाधिक घटेको छ।

प्रकाशित : २९ श्रावण २०८१, मंगलवार १५:३६