आईएमई लाइफमा सीईओ फुँयाललाई दोस्रो कार्यकाल थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आईएमई लाइफमा सीईओ फुँयाललाई दोस्रो कार्यकाल थप



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कं लि का प्रमुख कार्यकारी अधिकृत कवि फुँयाललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ ।

कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो ।

उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश भएकोमा प्राधिकरणबाट श्रावण २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्राप्त भएको छ ।

प्रकाशित : २९ श्रावण २०८१, मंगलवार ११:०२