सूर्यज्योति लाइफको अधिकांश सूचकमा प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सूर्यज्योति लाइफको अधिकांश सूचकमा प्रगति



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिमा कम्पनको खुद नाफा र बीमाशुल्क आर्जन दुवै बढेको छ ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४६.०३ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १६ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २७.४७ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले ९ अर्ब १० करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ अर्ब १४ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद दाबी भुक्तानी पनि वृद्धि भएको छ । अघिल्लो आवसम्म ७ अर्ब ४९ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने १० अर्ब १ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च ९ अर्ब ५६ करोडबाट बढेर १२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँबाट रिटेन्ड अर्निङ घटाएर ५६ करोड ९५ लाख रुपैयाँमा झारेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ३४ करोड ६८ लाख रुपैयाँबराबरको रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.५५ रुपैयाँबाट बढेर ८.७२ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १३०.५६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८४७.८९ रुपैयाँ र पीई अनुपात ४९.२८ गुणा कायम भएको छ ।

प्रकाशित : २८ श्रावण २०८१, सोमबार १०:२९