समता घरेलु लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

समता घरेलु लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको २० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीले काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको सेयर संख्या र मूल्य समेत खुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिनु पर्नेछ ।

कम्पनीले तोकेको ३५ दिनभित्र पनि सेयरधनीबाट संस्थापक सेयर खरिदका लागि कुनै आवेदन नपरेको खण्डमा भने सर्वसाधारणमा बिक्री खुला गरिने जनाइएको छ ।

प्रकाशित : २५ श्रावण २०८१, शुक्रबार ११:११