ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ, २२ चैत । मंगलबार नेप्से ३ दशमलव ५ अंकले ओरालो लागेर बन्द भएको छ । १६ सय ६० मा खुलेको नेप्से आज १६ सय ५७ मा आएर बन्द भएको छ । मंगलबार होटेल समुहले धेरै कमाएको छ भने विकास बैक समुहले गुमाएको छ । आज कारोबारमा आएका १४४ कम्पनी बाट २ करोड ७१ लाख ७ हजार ८ सय ३ कित्ता शेयरबाट १ अर्ब ६३ करोड १९ लाख ५१ हजार ६ सय ९४ रुपैयाको कारोबार भएको छ ।

मंगलबार होटेल समुह ७४ दशमलव ९५ अंकले, इन्स्योरेन्स समुह ११ दशमलव २३ अंकले र फाईनान्स समुह २ दशमलव ३८ अंकले बढेको छ । आज जलविघुत समुह ३३ दशमलव ०६ अंकले, बैँकिड. समुह ४ दशमलव २३ अंकले, अन्य समुह ६ दशमलव ०७ अंकले र विकास बैक समुह ३ दशमलव ७२ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २२ चैत्र २०७३, मंगलवार १०:०३