काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा ठूलो अंकको करेक्सन आएको छ । आज बजार १४५.०५ अंक घटेर २६५१.३२ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २७.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ९.९१ अंक घटेको छ।
आज ८ कम्पनीको मात्रै यसेर मूल्य बढेको छ भने २३३ कम्पनीको सेयर मूल्य घटेको छ । आज बजारमा करेक्सन आएपनि सेयर कारोबार भने हालसम्मकै उच्च भएको छ । आज ३२२ कम्पनीको पाँच करोड ३८ लाख ४४ हजार कित्ता सेयर किनबेच हुँदा २३ अर्ब ७१ करोडको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको हो । आज यस कम्पनीको एक अर्ब ३९ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४८ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीइडिबी हाइड्रोको ४३ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
नेप्से उच्च अंक घटेपनि आज थ्रिस्टार हाइड्रोपावर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य पनि करिब १० प्रतिशत बढेको छ। आज नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, शुभम पावर, हाथवे इन्भेष्टमेन्ट र ओरियन्टल होटलको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
Comment