पुँजी वृद्धिको निर्जीवन बीमा व्यवसाय संघ नेपालद्धारा स्वागत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पुँजी वृद्धिको निर्जीवन बीमा व्यवसाय संघ नेपालद्धारा स्वागत



काठमाडौं २२ चैत । विमा समितिले बीमा व्यवसाय सञ्चालनसम्वन्धी निर्देशिका जारी गर्दै निर्जीवन वीमा कम्पनीको चुक्ता पुँजी २०७५ असार मसान्तभित्र एक अर्ब रुपियाँ पुर्याउन जारी गरेको निर्देशनको निर्जीवन वीमा व्यवसाय संघले स्वागत गरेको छ ।

समितिले २०७३ फागुन १८ गतेदेखि लागु हुनेगरी यस्तो निर्देशन जारी गरेको हो । संघले आगामी दिनमा पनि समितिसँग सहकार्य गर्दै अघि बढन आफू तयार रहेको जनाएको छ ।

प्रकाशित : २२ चैत्र २०७३, मंगलवार ०७:०७