नेपालको पुँजी बजारको अवस्थालाई हेर्दा हामी अहिले तल्लो १८ सयको विन्दुलाई दुई बर्षसम्म अनुभव गरिसकेको अवस्थामा छौं । राष्ट्र बैंकका पोलिसीहरु पनि संशोधनको अवस्थामा छन् । बजारमा तरलता बढीरहेको छ भने व्याजदर घटिरहेको अवस्था छ त्यसैले बजारका लागि अहिलेको समय सकारात्मक भएर देखिएको जस्तो छ । लगानीकर्तालाई एक किसिमको आत्मविश्वास जगाउन थोरै व्याजदरमा पैसा राख्न तयार हुने तर क्यापिटल मार्केटमा आउन गाह्रो भएको हो कि भन्ने परिस्थिती छ । त्यो पनि विस्तारै अब आउने मौद्रिक नीतिले सहज गर्ला भन्ने विश्वास छ ।
नयाँ ब्रोकरहरुको कुरा गर्नुहुन्छ भने नयाँ आएको एक बर्ष मात्र भयो । केही आउने चरणमा छन् । करिब धेरैजसो ब्रोकरहरु आइसकेका छन् । उनीहरु व्यवसायलाई विस्तार गर्नतिर लागिरहेका छन् । अहिले ब्रोकर कमिसन रेट घटेको छ । त्यसैले व्यवसाय गर्नलाई केही गाह्रो भइरहेको छ । पुँजी बजारलाई विकास र विस्तार गर्ने हिसाबले नयाँ ब्रोकरहरु जन्मिएका हुन् । जसअनुसार पुँजी बजारमा नयाँ लगानीकर्ताहरु भित्र्याउने काम भइरहेको छ । सेयर सचेतनाका कामहरु काठमाडौं बाहिरका जिल्लाहरुमा पुर्याउने काम भएका छन् र यही काठमाडौका पनि विभिन्न दुरदराजका ठाउँहरुमा लैजाने कामहरु भइरहेका छन् । नयाँ ब्रोकर आएको एक बर्षमा कारोबारको हिसाबले आजको भोलि नै टिकाउ भएर धेरै मुनाफा कमाएको अवस्था छैन् । तर विस्तारै प्रक्रियामा छन् ।
निजी क्षेत्रका ब्रोकर व्यवसायीको हिसाबले म के भन्छु भने समग्र पुँजीबजारलाई कुन विषय र तहमा नियामकी निकायको हिसाबले वा मन्त्रालयको पोलिसीको हिसाबले होस सबै ठाउँमा हामीले बोल्न नमिल्ने होला । एउटा ब्रोकर व्यवसायीको हिसाबमा देखिने भनेको सेयर किन्ने र बेच्ने बाहेक अरु कुनै प्रोडक्ट छैन् । कुनै कम्पनीको सेयर सुचिकृत हुन्छ । हामीले किन्ने र बेच्दिने हो । यति मात्र प्रोडक छ अहिले ।
जसले गर्दा ब्रोकरहले पूर्ण रुपमा ब्रोकरको काम गर्न पाएका छैनन् । अहिले डिबेन्चरको सेयर छ बेच्न पाइरहेको छैन् । छोटो बिक्री गर्न पनि त्यसका लागि सेयर चाहियो । सेयर ल्याउन अर्काे संयन्त्र बनाउनुपर्यो । त्यसैले यी सबै कुरा च्यानलमा मिलाउनुपर्छ । जुन अहिले गर्न सकिरहेका छैनन् । विस्तारै नियामक निकायहरुले ब्रोकरहरुलाई प्रोडक्टहरु खोल्दिने हो भने पाँच करोडको क्यापिटलले पोर्टफोलियो म्यानेजमेन्टको काम गर्छ ।
जहाँ ब्रोकरहरुमा २० करोडदेखि डेढ अर्बसम्मका कम्पनीहरु आइरहेका छन् । यहाँ त ग्राहक जति ब्रोकर कम्पनीमा भए पोर्टफोर्लियो म्यानेजमेन्टको काम अर्काे छुट्टै २० करोडको कम्पनीले गर्छ । त्यो काम ब्रोकर कम्पनीलाई नै दिए हुन्छ नि । त्यसैगरी मार्जिन ल्याडिङको काम छ । जुन आज बैंकले पैसा लिएर राष्ट्र बैंकले त्यसलाई स्पष्ट नपारेर समस्यामा राखेको छ । त्यसलाई पनि क्यापिटलको साइज ६० करोडबाट सुरु गरिएको छ । त्यसैले मार्जिन ल्याडिङपनि २० करोडबाटै सुरु गराएर बजारलाई अझै माथि लैजान सकिन्थ्यो । यी सबै कुरा ब्रोकरलाई दिने हो भने बजारको बिकास माथिल्लो चरणमा पुगिसक्थ्यो । बाहिरी देशको हेरेर पनि हामीले यहाँ धेरै काम गनुपर्नेछ । तर तत्काल गनुपर्ने काम पनि अहिले गर्न नसकिरहेको अवस्था छ ।
यतिबेला दुरदराजका लगानीकर्ताका लागि पुँजीबजारको विकास गर्नुपर्छ भन्नेलाग्छ ।
दुरदराजमा रहेका लगानीकर्तालाई प्राथमिकता दिनुपर्छ । देश बाहिर रहेका र पुँजी बजारमा चासो राख्ने व्यक्तिहरुलाई पनि जोड्ने हिसाबले पोलिसीगत स्तरमै जोडिएर स्थानीयलाई सेयर छुट्टाउने, विदेशिएकालाई आइपीओमा कोटा छुट्टाउने जस्ता कुराहरुलाई जोड्दै लगिएको छ । तर पुँजी बजारप्रति शहरहरुमा सचेतना पुगेको छैन, दुरदराजमा अझै पुग्न बाँकी छ । यसका लागि हामीसँगै राज्यका नियामक निकायले पनि सबै ठाउँमा जोड्दै गयो भने दायरा पनि विस्तार हुँदै जान्छ ।
यसको राम्रो पक्ष भनेको क्यापिटल मार्केटमा राम्रा कम्पनीहरु ल्याउनुपर्छ भन्ने हो । ती कम्पनीहरु आम मानिसमम्म पुर्याउनुपर्छ । लाभको अवधारणा आम मानिसमा पुगोस भन्ने हो । कम्पनी कस्तो आउँछ भन्ने गलत अवधारणा लिएको भएर यसले आम मानिसलाई यसले असर गर्छ कि भन्ने सोच एकातिर छ । तर पुँजीबजार त्यस्तो पाटो होइन । पुँजीबजार बचत भन्दा सँधै बढी पैसा कमाउने पाटो हो ।
शेयर बजारमा डिजिटल प्लेटफर्महरुको प्रयोग व्यापक बन्दै गइरहेको छ । यसमा फरक फरक पाटोबाट हेर्न सकिन्छ । सरकारले प्राविधिक रुपमा सम्पत्तिको सुरक्षा गर्न सरकारी तहमा राखेका छन् । त्यसको सुरक्षा गर्ने कुरा एकदमै महत्वपुर्ण छ । अनलाइनमा जाँदा आउने प्राविधिक समस्याहरुलाई सरकारी तहबाटै गराउनपर्छ । अर्काे भनेको डिजिटल टिएमएसदेखि अन्य प्राविधिक कुराहरु छन् । त्योपनि भारतबाट लिइएको हो र समयसीमा सकिएको भन्ने सुनिएको छ ।
अझै त्यो भन्दा माथिल्लो लेबलमा जानुपर्ने छ । यसका लागि नेप्सेले पनि पहल गर्नुपर्छ । ताकी सुविधा दिनेदेखि डाटा सुरक्षाको हिसाबले अझै माथिल्लो तहमा जानका लागि गृहकार्य गर्नु नै पर्छ । बैंकिङ क्षेत्रमा जस्तो साइबर सुरक्षाको हिसाबले पुँजीबजारमा त्यति सम्भावना हुदैन् । तर त्यो भएको दिन सबैभन्दा जोखिम भने हुन्छ । त्यसैले हामीले भन्दा पनी सरकारले साइबर सुरक्षाको क्षेत्रमा ध्यान दिनुपर्छ ।
नयाँ कम्पनीहरुलाई लाइसेन्स दिदा पुराना ब्रोकर कम्पनी असन्तुष्टि जस्तो देखिएको भन्ने थियो तर नयाँ पनि खुलेका एक बर्ष भैसक्यो । हिजो एउटा अवस्था थियो, त्यो अवस्थामा पुँजी बजारको विकासको निमित्त ब्रोकर व्यवसाय नआउँदा पुँजी बजारप्रति नाफा कमाउने मात्र नभएर सर्भिस दिने ढाँचा, आधुनिक, एउटा कम्पनी चल्न चाहिने पूर्वाधारका हिसाबले पुँजी बजारको क्षेत्रमा व्यवसायिकता हुनुपर्छ । थोरै क्यापिटल सर्भिस दिंदा यतिधेरै पुँजीबजारको नेतृत्व गर्न सक्दैन् भन्ने सोचले हामीले आवाज उठाएका हौं । त्यसको केही स्वरुप एक बर्षको विचमा भएको छ । दिनदिनै सेवा दिने क्षेत्र भएकाले पुरानोलाई पनि एक किसिमको दवाव सिर्जना भइरहेको छ ।
शहरको एउटा कोठामा बस्नुभन्दा पनि देशको विभिन्न ठाउँमा जानुपर्छ । त्यसैले प्रतिस्पर्धाले सबैलाई अहिले दवाव सिर्जना भएको छ र यसले आम मानिसलाई राम्रो सेवा दिने हिसाबले काम गरिरहेको छ । अहिले नयाँ पुराना सबै गरेर ९३ ब्रोकर कम्पनी छौं । यी सबै एक भएर जाँदा ठिक हुन्छ भन्ने छ ।
त्यसैले पुँजी बजारको बृद्धि विकास गर्नका लागि सबै नियामक निकायको एउटै समझदारी हुनु जरुरी छ । एकले अर्कालाई दोष दिने चलन छ । यसले समग्र पुँजीबजारको विकास हुदैन् । सबैले आफ्नो ठाउँबाट पुँजीबजारलाई कसरी लैजाँदा बजारको विकास हुन्छ त्यसको बारेमा सोच्न जरुरी छ । सबैले एउटै ठाउँमा बसेर यो भन्दा माथिको लेबलमा गएर काम गर्न सुरु गर्नपर्छ भनेर गयौं भने अगाडि बढ्न सकिन्छ । नियामक निकायले पनि पोलिसी लेबलका कुरा परिवर्तन गर्न सक्ने ठाउँमा गरिदिनुपर्छ । यदी यस्तो भयो भने मात्र पुँजीबजारले उचाइ लिन्छ ।
ढकाल धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष हुन्
Comment