सुन चाँदीकाे मुल्यमा सामान्य गिरावट, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुन चाँदीकाे मुल्यमा सामान्य गिरावट, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला एक लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार २ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार ७८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित : २० श्रावण २०८१, आईतवार ११:००