सहकारी र भूमि समस्या सरकारको उच्च प्राथमिकतामा, सचिवको स्वागत गदैं मन्त्री अधिकारीले दिए तीन निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी र भूमि समस्या सरकारको उच्च प्राथमिकतामा, सचिवको स्वागत गदैं मन्त्री अधिकारीले दिए तीन निर्देशन



काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि समस्या रहेको भूमि प्रशासन र अहिले भोगीरहेको सहकारी समस्या समाधान गर्न सके सरकार र मन्त्रालयको प्रभावकारीता देखिने बताएका छन् । मन्त्रालयमा शुक्रबार सरुवा भएर आएका सचिव अर्जुनप्रसाद पोख्रेललाई स्वागत र सचिवसहित मन्त्रालय मातहतका उच्च अधिकारी र बिभागीय प्रमुखलाई निर्देशन दिदैं मन्त्री अधिकारीले कर्मचारी प्रशासन र राजनीतिक नेतृत्व मिलेर अब जनताको अवस्था परिर्वतन गर्ने बेला भएको बताए ।

शुक्रबारै मन्त्रालयमा पदबहाली गरेका सचिव पोख्रेलले मन्त्रालयबाट प्रवाह हुने सेवामा परिणाम ल्याउने गरी काम गर्न र समस्या भए समस्याको समाधानतर्फ ध्यान दिन आग्रह गरे । सरकारको सोच र मन्त्रीको निर्देशन अनुसार काम गर्ने सचिव पोख्रेलले प्रतिवद्धता ब्यक्त गरे । मन्त्री अधिकारीले मातहत निकायलाई ३ वटा बिषयमा नतिजा आउने गरी काम गर्न निर्देशन दिए।

भूमि क्षेत्रमा देखिएका समस्या समाधानका लागि ऐन, कानुन र नियामावलीको निमार्ण, संसोधन र परिमार्जन गरेर भए पनि स्थायीरुपमा भूमिहिन, किसान र सुकुम्वासी समस्या समाधान गर्ने गरी काम गर्न निर्देशन दिए । त्यसैगरी सहकारी क्षेत्रमा देखिएका बिकृती हटाउनका लागि अधिकारसम्पन्न प्राधिकरण गठन र सहकारी पिडितको बचत फिर्ता मन्त्रालयको दोस्रो महत्वपुर्ण काम रहेको भन्दै मन्त्री अधिकारीले सहकारी समस्या समाधान गर्न सके मन्त्रालयप्रति नागरिकको बिश्वास बढ्ने बताए।

त्यसैगरी चीनमा भएको गरिवी उन्मुलनको सफलता नेपाललाई ठुलो पाठ हुन सक्ने भन्दै गरिव पहिचान र गरिवलाई आत्मनिर्भर बनाउने कार्यक्रम अन्तरमन्त्रालयसंग समन्वय गरेर नतिजा आउने गरी काम गर्न निर्देशन दिए ।

प्रकाशित : १८ श्रावण २०८१, शुक्रबार १५:४७