छ संस्थालाई गाभिनका लागि सैद्धान्तिक स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

छ संस्थालाई गाभिनका लागि सैद्धान्तिक स्वीकृति



काठमाडौं २१ चैत । नेपाल राष्ट्र बैंकले छ संस्थालाई गाभिनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ। राष्ट्र बैंकले महालक्ष्मी विकास बैंक र यति डेभलपमेन्ट बैंक तथा सेञ्चुरी कमर्सियल बैंकसँग अल्पाइन डेभलपमेन्ट, अरनिको डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्स खरीद गर्न सैद्धान्तिक स्वीकृति दिएको हो।

सैद्धान्तिक स्वीकृति पाएका संस्थाहरुले सेयर अनुपातलगायतका बिषयहरु मिलाएर अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जाने छन्।
महालक्ष्मी र यति मर्जरपछि बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड ४१ लाख पुग्नेछ। मर्जरपछि नाम महालक्ष्मी विकास बैंक रहने छ।

सेञ्चुरीको चुक्ता पूँजी तीन अर्ब ६८ करोड रुपैयाँ छ। एक्वायरपछि चुक्ता पूँजी करिव दुई अर्बले बढ्ने छ।

प्रकाशित : 3 April, 2017 12:20 pm