निफ्राको एक लाख आठ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

निफ्राको एक लाख आठ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने



काठमाडौं । एनआईसी एशिया लघुवित्तले आफ्नो स्वामित्वमा रहेको इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर बिक्री गर्ने भएको छ ।कम्पनीले निफ्रामा आफ्नो स्वामित्वमा रहेको एक लाख आठ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।

उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।कम्पनीले विद्यमान संस्थापक सेयरधनीलाई बिक्री आह्वान गरेकोमा कुनै आवेदन नपरेपछि पुनः सर्वसाधारण लगानीकर्ताका लागि खुला गरेको हो । संस्थापक यसेर खरिद गर्ने व्यक्ति वा संगठित संस्था पनि संस्थापक समूहभित्र नै समावेश हुने सूचनामा उल्लेख छ ।

इच्छुक आवेदकले काठमाडौंको बानेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ।

प्रकाशित : १८ श्रावण २०८१, शुक्रबार ११:३६