तोलामा एक हजार ६०० रुपैयाँले बढ्याे सुनकाे मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा एक हजार ६०० रुपैयाँले बढ्याे सुनकाे मुल्य



काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार तोलामा एक हजार ६०० रुपैयाँ बढेको हो । आज छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि एक हजार २०० रुपैयाँले बढेर प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी तोलाको एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : १७ श्रावण २०८१, बिहीबार ११:०६