काठमाडौं । वोमी लघुवित्तको एफपीओ बाँडफाँड भएको छ । बुधबार बिक्री प्रबन्धक कुमारी क्यापिटलको केन्द्रिय कार्यालय दुर्गा भवन, नागपोखरीमा एफपिओ बाँडफाँड सम्पन्न भएको हो ।
कम्पनीको एफपिओमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेका थियो । यसमा १६ लाख ५६ हजार ८२६ जनाले कुल २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताको लागि आवेदन दिएका थिए ।
जसमा ४ हजार ६७२ जनाले मात्र सेयर हात पारेका छन् । बाँकी १६ लाख ५२ हजार १५४ जनाको भने हात खाली भएको छ । लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपिओ बिक्रीमा ल्याएको हो ।
एफपीओको नतिजा हेर्नका लागि बिक्री प्रबन्धकको वेबसाइट, मेरो शेयरको वेबसाइट तथा सिडिएसको वेबसाइटबाट पनि हेर्न सकिन्छ ।
Comment