राष्ट्र बैंकबाट असर्फी किन्न अनिवार्य नागरिकता लगायतका परिचय पत्र चाहिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकबाट असर्फी किन्न अनिवार्य नागरिकता लगायतका परिचय पत्र चाहिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले असर्फी खरिदका लागि अनिवार्य परिचय पत्र चाहिने व्यवस्था लागु गरेको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै यस्ताे व्यवस्था लागु गरेको हाे ।

केन्द्रीय बैंकको टक्सार महाशाखाले ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि आउदा अनिवार्य रुपमा नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्र वा चालक अनुमति पत्रको आवश्यकता पर्ने उल्लेख गरेको छ ।

यसका लागि विदेशी नागरिकको हकमा भने राहदानी पेस गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : १५ श्रावण २०८१, मंगलवार १३:५७