बागमती प्रोस्कुन पत्रकारिता पुरस्कार सम्पादक खड्कालाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

बागमती प्रोस्कुन पत्रकारिता पुरस्कार सम्पादक खड्कालाई

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन)ले नेपालपत्र न्यूज डटकमका सम्पादक माधव खड्कालाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । संघले आयोजना गरेको चौंथो वार्षिक उत्सव कार्यक्रममा खड्कालाई पत्रकारिता पुरस्कार गर्ने घोषणा गरेको हो ।

पत्रकारिताका माध्यमबाट सहकारी क्षेत्रको विकास र प्रवद्र्धनमा निरन्तर कलम चलाएको भन्दै यस वर्षको पत्रकारिता पुरस्कार सम्पादक खड्कालाई दिने बागमती प्रोस्कुनले जनाएको छ ।

संघले आगामी साधारण सभामा घोषित पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । नेपाल सहकारी पत्रकार समाजका कोषाध्यक्ष समेत रहेका खड्का विगतको दशकदेखि पत्रकारिता गर्दै आएका छन् ।

प्रकाशित : १४ श्रावण २०८१, सोमबार ११:१७ 29 July, 2024 11:17 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।