सुनको मूल्य तोलामा एक हजारले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य तोलामा एक हजारले बढ्यो



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ। शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने तोलामा एक हजार रुपैयाँ बढेर छापावाला सुन प्रतितोला एक लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलाको एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १३ श्रावण २०८१, आईतवार ११:१७