मौद्रिक निति सकारात्मक तर घरेलु तथा साना उद्योगीलाई समेटिएन:संस्थापक अध्यक्ष कटुवाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मौद्रिक निति सकारात्मक तर घरेलु तथा साना उद्योगीलाई समेटिएन:संस्थापक अध्यक्ष कटुवाल



काठमाडौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिले अर्थतन्त्रमा आएको सुस्तता चिर्न केही मद्दत पुग्ने बताएका छन् । उनले मौद्रिक नीतिका बारेमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन ।

संस्थापक अध्यक्ष कटुवालले विगतका तुलनामा राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएकाले अर्थतन्त्रमा देखिएको संकट समाधान हुने संकेत देखिएको बताए ।

उनले मौद्रिक नीतिले आर्थिक संकटबाट मुलुकलाई माथि उठाउन सहयोग पुग्ने र औद्योगिक क्षेत्रमा लगानी वृद्धि हुने विश्वास व्यक्त गरे । मौद्रिक नीतिले चालु पुँजी कर्जा मार्गदर्शनमा परिमार्जन गर्ने कुराले उद्योगी व्यवसायीलाई केही राहत पुगेको उनको तर्क छ ।
उनले भने,‘मौद्रिक नीति मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने किसिमले आएको छ । तर कार्यान्वयनमा गरी व्यवसायीहरुलाइ सहजिकरण गर्न सक्दा मात्रै राम्रो हुन्छ । अहिलेको मौद्रिक नीति वित्तीय पहुँच, जो औपचारिक अर्थतन्त्रमा जोडिएका छन् ।’

उनले मौद्रिक नीति सकारात्मक भए साना तथा मझौला व्यवसायीहरुका मागलाई सम्बोधन गर्न भने नसकेको बताए । उनले साना तथा घरेलु उद्योगी व्यवसायीहरुका मागलाई सम्बोधन गर्न सके मात्रै अर्थतन्त्र चलायमान हुन सक्ने अवस्थामा पहुँचवालाहरुलाई मात्रै केन्द्रित भएर मौद्रिक नीति आएको बताए । उनले बन्द उद्योगले तिर्नु पर्ने साँवा र व्याजलाई सहजीकरण गर्ने व्यवस्थाबाट राहत पुग्ने समेत बताए । साना व्यवसायीहरुले लिएको १ करोडसम्मको सीमालाई पुनरावलोकन गर्ने व्यवस्था साना व्यवसायीका लागि सकारात्मको भएको बताए ।

उनले २ करोड रुपैयाँसम्मका कृषि उत्पादन, सूचना प्रविधि र पर्यटन क्षेत्रले सस्तोमा ब्याज पाउने व्यवस्था सकारात्मक भएको बताए । उनले  चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ कारोबारमा बन्देज हुने गरी खाता राख्ने लगायतका व्यवस्था परिमार्जन हुनु व्यवसायीलाई सहज हुने बताए ।  उनले मौद्रिक समग्रमा सकारात्मक रहेका भए पनि कार्यान्वयनका क्रममा थप सहजता हुनु पर्नेमा जोड दिए ।

प्रकाशित : १२ श्रावण २०८१, शनिबार ०७:२४