बजेटका यी कार्यक्रम मौद्रिक नीतिले समेट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बजेटका यी कार्यक्रम मौद्रिक नीतिले समेट्याे



काठमाडौं । नेपाल राष्ट्र बैंकले ०८१/८२ को मौद्रिक नीतिमा चालू आवको बजेटलाई यसरी समेटेको छ ।

यी हुन् बजेट भाषणअनुसार मौद्रिक नीतिका बुँदा :

  • कृषि उपजको धितोमा समेत सहज रूपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने
  • बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिने
  • वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा विनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने
  • बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनको लागि सरकारलाई सहजीकरण गरिने
  • युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज र सरल पहुँच पुर्‍याउन सहजीकरण गरिने ।

प्रकाशित : ११ श्रावण २०८१, शुक्रबार १३:२२