सुनको मूल्यमा भारी गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्यमा भारी गिरावट



काठमाडौं। बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन तोलामा ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २४ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ४५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य एक लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २४ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार ७ सय रुपैयाँमा कायम थियो ।

आज चाँदीको मूल्य ताेलामा ५५ रुपैयाँले घट्दै प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित : १० श्रावण २०८१, बिहीबार ११:२३