काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
हकप्रद सेयर निष्काशनका लागि कम्पनीले साउन १ गते बुकक्लोज गरेको थियो। त्यसैले असार ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।
Comment