नेशनल लाइफले डाक्याे साधारण सभा, के-के छन् मुख्य अजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेशनल लाइफले डाक्याे साधारण सभा, के-के छन् मुख्य अजेण्डा



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले ३६ औं वार्षिक साधारण सभा डाकेको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ ७ गते बिहान १०.३० बजे काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो।

उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने निर्णय गरेकाले बोनस सेयर बापतको कर प्रयोजनका लागि नगद लाभांश स्विकृत गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।

यसैगरी, लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७९/८० को वासलात नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आगामी साउन २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रकाशित : ८ श्रावण २०८१, मंगलवार ११:११