एनआइसी एसियाको स्वामित्वमा रहेको नागरिक लगानी कोषको सेयर लिलामी खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एनआइसी एसियाको स्वामित्वमा रहेको नागरिक लगानी कोषको सेयर लिलामी खुला



काठमाडौं । एनआइसी एसिया बैंकले आज देखि आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

उक्त सेयरमा जोकोही व्यक्ति तथा संस्थागत लगानीकर्ताले साउन ७ गतेबाट खरिद आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १० हजार कित्ता वा अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र पेस गर्न सक्ने सूचनामा उल्लेख छ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०७ रुपैयाँ तोकिएको छ।

बोलपत्र आगामी साउन १४ गतेसम्म पेस गर्नु पर्नेछ। लगानीकर्ताले काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय तथा शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेस गर्न सक्नेछन् ।

प्रकाशित : ७ श्रावण २०८१, सोमबार ११:३५