दुई सातामा सेयर बजार सकारात्मक देखिनु सरकारप्रति जनताले गरेको विश्वास हाे : प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

दुई सातामा सेयर बजार सकारात्मक देखिनु सरकारप्रति जनताले गरेको विश्वास हाे : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिले पछिल्लो दुई सातामा सेयर बजार सकारात्मक देखिनु सरकारप्रति जनताले गरेको विश्वास रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘५० लाख भन्दा बढी संलग्न रहेको सेयर बजार पछिल्लो दुई सातामा नै ४०० अंक बढेको छ। नेप्से २७ महिना यताकै उच्च भएको छ । जुन सरकारप्रति जनताले देखाएको विश्वास यो हो ।’

उनले अब सेयर बजार मात्र होइन देशको सबै बजार चलायमान हुने प्रतिवद्दता समेत गरेका छन्।

प्रकाशित : ६ श्रावण २०८१, आईतवार १४:५९