नेचुरल सहकारीको कुल सपत्ती २ अर्ब ६९ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेचुरल सहकारीको कुल सपत्ती २ अर्ब ६९ करोड



काठमाडौ । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले २०८१ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले प्रकाशित गरेको विवरण अनुसार कुल सम्पत्ती २ अर्ब ६९ करोड ५० लाख ३७ हजार ९२९ रुपैयाँ पुगेको छ ।

संस्थाको शेयर पूँजी १६ करोड ५१ लाख ७३ हजार ४ सय, जगेडा कोष ११ करोड ६६ लाख ३७ हजार ४१९ रुपैयाँ, अन्य कोष १३ करोड २ लाख ८५ हजार २६३ रुपैयाँ, कूल बचत १ अर्ब ७९ करोड ६८ लाख ८० हजार १७३ रुपैयाँ, लगानीमा रहेको ऋण १ अर्ब ९१ करोड २९ लाख ४७ हजार १६० रुपैयाँ रहेको छ । संस्थाको कुल संस्थागत पूँजी ११ करोड ७० लाख २६ हजार ५५९ रुपैयाँ रहेको छ ।

यस अवधिमा संस्थासँग ३६ करोड ५२ लाख ६६ हजार ८८५ रुपैयाँ (२०.३२ प्रतिशत) तरलता रहेको छ । संस्थामा १३ हजार ९१९ जना सेयर सदस्य र १ हजार २९८ जना ऋणी सदस्य रहेका छन् ।

प्रकाशित : ४ श्रावण २०८१, शुक्रबार २०:३९