तोलामा तीन सय रुपैयाँले घट्याे सुनकाे मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा तीन सय रुपैयाँले घट्याे सुनकाे मुल्य



काठमाडौं । बिहिबार सुन चाँदीको मुल्य घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा तीन सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला एक लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : ३ श्रावण २०८१, बिहीबार ११:२५