५४ अंकले बढेको बजारमा १२ अर्ब ५ करोड माथिको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

५४ अंकले बढेको बजारमा १२ अर्ब ५ करोड माथिको कारोबार



काठमाडौं । बुधबार सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचक ५४.०४ अंक बढेर २३६४.६३ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १०.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५५ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन नौं अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा आज ३०६ कम्पनीको १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको तीन करोड २० लाख ९५ हजार कित्ता सेयर कारोबार भएको छ।

त्यस्तै , आज सेन्ट्रल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साथै आज सिंगटी हाइड्रो इनर्जी, आँखुखोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोपावर लगायतका कम्पनीहरुको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्यका सेयरधनीले आज सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज सिंगटी हाइड्रो नै शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज २३ करोड ५५ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : 17 July, 2024 3:30 pm