कसरी खरिद गर्ने लिलामी शेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

कसरी खरिद गर्ने लिलामी शेयर ?



लिलामी शेयर बिक्री गर्नका लागि कम्पनीले बिक्री प्रबन्धक तोकेको हुन्छ । तोकिएको बिक्री प्रबन्धकले मान्यता प्राप्त बैँक तथा वित्तीय सँस्थाका शाखासमेत तोकेर बिक्री केन्द्र निर्धारण गर्ने गरेको छ । लगानीकर्ताले तोकिएको बैँकको शाखा कार्यालयमा गएर खुलेको लिलामीसम्बन्धी सम्पूर्ण जानकारी पाउन सक्छन् ।

बिक्री केन्द्रमा गएर १ सय रुपैयाँ तिरेपछि लिलामी शेयरको आवेदन फारम पाइन्छ । आवेदन फारममा गोप्य हिसाबले आफ्नो डिम्याट खाता नम्बर सहितको सम्पूर्ण विवरण भर्नुपर्ने हुन्छ ।

विवरणमा कति कित्ता शेयर खरिद गर्न चाहेको हो, कति मुल्यमा खरिद गर्न चाहेको हो यी सबै विवरण खुलाई उक्त शेयर खरिद गर्न चाहिने रकमसमेत त्यही बैँक तथा वित्तीय सँस्थाको शाखा कार्यालयमा बुझाएर नगद बुझाएको रसिदसमेत संलग्न गरी खाममा गोप्य सिलबन्दी गरेर राख्नुपर्छ ।

खाममा सफासँग भरेको फारम, नगद जम्मा गरेको भौचर, तथा एकाउण्ट पेयवल चेकजस्ता दस्तावेज संलग्न गरी खामलाई सिलबन्दी गरेर लाहाछापसमेत लगाउनुपर्ने प्रावधान छ । लाहाछाप सोही बैँक तथा वित्तीय सँस्थाको कार्यालयमा पाउन सकिन्छ । यसरी बन्द गरिएको खाम बोलबत्र खोल्ने बेलामा मात्र खोलिने नियम रहेको छ ।

कसलाई पर्छ, कसलाई पर्दैन ?

नियमपूर्वक समावेस भएका सबै बोलकबोललाई लिलामीमा राखिन्छ । बिक्री प्रबन्धकले शेयर निष्कासन भएको कम्पनीको कट अफ मूल्य निर्धारण गर्छ । सबै शिलबन्दी खामलाई खोलिन्छ र न्यूनतम मूल्य कति कतिमा शेयर खरिद गर्ने आशय राखिएको छ, त्यो छुट्टाइन्छ ।

बिक्री प्रबन्धकले तोकेको कट अफ मूल्यभन्दा कममा खरिदको आशय व्यक्त गर्ने लगानीकर्ताले लिलामी शेयर पाउँदैनन् भने कट अफ र सोभन्दा बढी मूल्य राखेर शेयर खरिदको आशय व्यक्त गर्ने लगानीकर्तालाई मापदण्ड र बिक्री प्रबन्धकले तोके अनुसार लिलामीको शेयर दिइन्छ । यसरी खरिद गरेको शेयर बिक्री प्रबन्धकले लगानीको आशय व्यक्त गर्ने व्यक्ति या सँस्थाको डिम्याट खातामा जम्मा गरिदिन्छन् ।

प्रकाशित : १ श्रावण २०८१, मंगलवार १३:०६