बन्दीपुर हिलमा ‘शिव महिम्नाहा’ उत्सव हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बन्दीपुर हिलमा ‘शिव महिम्नाहा’ उत्सव हुने



काठमाडौं । बन्दीपुरहिलले साउन महिनाभर ‘शिव महिम्नाहा उत्सव’को आयोजना गर्ने भएको छ। साउन महिनाका प्रत्येक साँझमा बन्दीपुरहिलको वटम स्टेशन परिसरमा रहेको सिद्धेश्वर महादेव अगाडि शिव सन्ध्या आरती सुरू हुनेछ।

यसपछि केबलकारमा बन्दीपुर बजारमा रहेको माँ खड्गदेवी मन्दिरसम्म पुर्‍याइनेछ। कार्यक्रमअन्तर्गत प्रत्येक सोमबार ‘बोलबम पद तथा रोप यात्रा’को विशेष कार्यक्रम समेत उत्सवमा समावेश गरिएको छ।

मर्स्याङ्दी नदीबाट जल उठाई सुरूवात हुनेछ। पदयात्रामार्फत् केबलकार चोकमा रहेको सिद्धेश्वर महादेवको विशेष दर्शन, पूजा आराधना गरिनेछ।

आयोजक समितिका संयोजक किरण पोख्रेलका अनुसार यसपछि दर्शनार्थीलाई ३३ कोटी देवी देवताको मूर्तिको दर्शन गराइनेछ।

नाँचगान भजन गराउँदै केबलकारमार्फत् खड्गदेवी मन्दिर परिक्रमा गराउने र बन्दीपुरको तिनधारामा रहेको तिनधर्के महादेवको ज्योर्तिलिङ्गको विशेष दर्शन पूजा आरधना गराइने कार्यक्रम रहेको उनले बताए। तिर्थयात्रीका लागि केबलकारको टिकट मूल्य दुई सय रूपैयाँ लाग्नेछ।

प्रकाशित : २८ असार २०८१, शुक्रबार १८:०९