सुनचाँदीको मुल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?



काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला एक लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज तोलामा आठ सयले बढेको हो ।

आज छापावाला सुन प्रतितोला एक लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला एक लाख ४४ हजार २ रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २७ असार २०८१, बिहीबार १०:५८