यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ को ११ महिनाको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा मुलुक अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । अघिल्लो आर्थिक वर्षमा केहि दबाबमा रहेको अर्थतन्त्र चालू आर्थिक वर्षको यो महिनामा आइपुग्दा आयातदर घट्न्, रेमिट्यान्समा वृद्धि, उपभोक्ता मूल्य घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ । त्यस्तै,वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मंहँगी ४.१७ प्रतिशत छ ।

समीक्षा अवधिमा आयात १.८ प्रतिशत, निर्यात ३.० प्रतिशत र कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.३ प्रतिशतले र अमेरिकी डलरमा १७३ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ४२५ अर्ब ६७ करोडले बचतमा रहेको राष्ट्र बैंको तथ्यांकले औंल्याएको छ ।

त्यस्तै विदेशी विनिमय सञ्चिति १९६७ अर्ब १९ करोड र अमेरिकी डलरमा १४ अर्ब ७२ करोड छ । नेपाल सरकारको खर्च १ हजार १८१ अर्ब ३० करोड र राजस्व परिचालन ९१९ अर्ब १९ करोड रुपैयाँ छ ।

विस्तृत मुद्रा प्रदाय ९.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय १२.७ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.६ प्रतिशत छ ।

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति :

प्रकाशित : २६ असार २०८१, बुधबार २१:५१