मिसेस ब्युटी क्वीन नेपाल २०२४ काे अडिसन सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मिसेस ब्युटी क्वीन नेपाल २०२४ काे अडिसन सम्पन्न



काठमाडौँ । विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस ब्युटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि दोस्रो अडिसन सम्पन्न भएको छ । उक्त अडिसनबाट १५ जना छनोट गरिएको छ ।

उपत्यका लगायत मोफसलका विभिन्न ठाउबाट काठमाडौँ आएका १९ वर्षदेखि ५० वर्षसम्मका विवाहित महिलाहरुलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन् ।

उनले विवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको बताइन्।

उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाडौँमा हुनेछ । उक्त प्रतियोगितामा सहभागीताका लागि आवेदन फारम पनि खुल्ला गरेको छ ।

प्रकाशित : २५ असार २०८१, मंगलवार १५:५७