काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ विन्दुमा पुगेको हो। त्यस्तै सेन्सेटिभ इण्डेक्स ३.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अंक बढेको छ।
सोमबार सामान्य अंकको करेक्सनमा आएको बजार आज पुनः बढेको हो। आज ३१६ वटा कम्पनीको एक करोड १६ लाख ६१ हजार २०८ कित्ता सेयर खरिदबिक्री हुँदा पाँच अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये ४ वटा उपसमूहको परिसूचक घटेको छ भने बाँकी सबै उपसमूहको परिसूचक बढेको छ।
त्यस्तै आज गणपति लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र बुद्धभुमि हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। साथै, नेपाल फाइनान्सका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज १९ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
Comment