सूर्यज्योति लाइफको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

मुख्य समाचार

सूर्यज्योति लाइफको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७९/८० को बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा गरिएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै उक्त आर्थिक वर्षको १०.२६ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको जानकारी गराएको हो।

उक्त बोनस सेयर गत वैशाख २१ गते सम्पन्न कम्पनीको १६ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेको थियो।

उक्त बोनस सेयर सीडीएससीमा दर्ता तथा नेप्सेमा सूचीकृत भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। गत वैशाख ६ गतेसम्म सेयर अभौतिकीकरण तथा कायम सेयरधनीहरुको हिग्राही खातामा बोनस सेयर जम्मा गरिएको कम्पनीले जनाएको छ।

उक्त मितिपश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा भने क्रमशः बोनस सेयर जम्मा गर्दै जाने कम्पनीले जनाएको छ। वैशाख ६ गतेसम्म धितो राखी कर्जा लिएका सेयरधनीहरुले सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई सेयरधनीहरुको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न पनि सेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ।

प्रकाशित : २१ असार २०८१, शुक्रबार १०:२८