जिनव इंन्कद्धारा ‘सहकारीमा प्रविधिको सशक्तिकरण’ कार्यक्रम सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

जिनव इंन्कद्धारा ‘सहकारीमा प्रविधिको सशक्तिकरण’ कार्यक्रम सुरु



काठमाडौं । सहकारी संस्थाहरुलाई १४ वर्षदेखि कोर बैंकिङ्ग सम्वन्धी प्राविधिक सेवा उपलब्ध गराउँदै आइरहेको जिनव इंन्क प्रालीले ‘सहकारीमा प्रविधिको सशक्तिकरण’ कार्यक्रम सुरु गरेको छ । कम्पनीले विकास र प्रवद्र्धन गरिरहेको फिनएक्स को–अपरेटिभ सफ्टवेयरका साथै वित्तीय बजारमा विकास भएका नयाँ प्रविधि तथा सहकारीमा प्रविधिमा आधारित सेवा सञ्चालनका चूनौति र सम्भावनाका विषयमा छलफल गर्ने उद्देश्य सहित कार्यक्रम सुरु गरिएको कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर रमिता चौधरीले जानकारी दिइन् ।

कम्पनीले पहिलो चरणमा मध्यपश्चिम तथा सुदुरपश्चीमका जिल्लाहरुमा ‘डिजिटल भविश्यका लागि सहकारीमा प्रविधिको सशक्तिकरण’ विषयमा अन्तरक्रिया कार्यक्रमबाट यो अभियानको सुरुवात गरेको हो ।

यसअन्र्तगत जेठ १४ देखि असार १४ गतेसम्म चितवनको नारायणघाट, बाँकेको नेपालगञ्ज र कोहलपुर, रुपन्देहीको वुटवल, सुर्खेतको मेलकुना तथा विरेन्द्रनगर, बर्दिया, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएका छन् । यस्तै जिल्लाका विभिन्न सहकारी संस्थाहरुसँग समेत छुट्टाछुट्टै छलफल गरिएको छ । कार्यक्रममा १५० वटा भन्दा बढी संस्थाका संचालक तथा उच्च व्यवस्थापकहरुको सहभागिता थियो ।

कार्यक्रममा फिनएक्स को–अपरेटिभ सफ्टवेयरमा थप भएका कर्जा लगानी प्रक्रिया सम्बन्धी विस्तृत मोडल -‘Loanwolf’-loan processing model_, गो एएमएल , कोपोमिस , पल्स मनिटरिङलगायत नयाँ anya सुविधाहरुबारे डेमो प्रस्तुत गरिएको थियो ।

यस्तै कम्पनीले विकास गरेको डिजिटाइजेसन सम्बन्धी एप्सहरु एम कोप एपमार्फत क्युआर कोड भुक्तानी तथा फस्यौट, मिसकलमार्फत मोवाईल रिचार्ज, बैंकबाट सहकारीमा र सहकारीबाट बैंक खातामा रकम ट्रान्सफर, इसेवा खल्तीलगायतका वालेटहरुमा रकम ट्रान्सफर र वालेटबाट सहकारीको खातामा रकम ट्रान्सफर, एटीएम –SCT & COOP Card लगायतका सुविधाबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।

सिइओ चौधरीले नै सहजिकरण गरेको कार्यक्रममा कम्पनीका अध्यक्ष, वरिष्ठ डेभलपर तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको समेत उपस्थिती थियो । कम्पनीले साउन १५ गतेपछि पुर्वी तराईका जिल्लाहरुमा समेत यस्तै प्रकृतिको कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको छ ।

लामो समयदेखि सहकारी क्षेत्रका लागि आवश्यक प्रविधिहरुको विकास गर्दै आएको कम्पनीले गत साउन १ गतेदेखि फिनएक्स को–अपरेटिभ सफ्टवेयर नामबाट नयाँ नयाँ विषेशता सहितको प्रविधिहरुको विकास र विस्तार गरिरहेको छ । हाल ४ सय वटा भन्दा बढी संस्थाहरुले कम्पनीले विकास गरेको फिनएक्स को–अपरेटिभ सफ्टवेयर सेवा प्रयोग गरिरहेका छन् । जसमध्ये हाल १५० भन्दा बढी संस्थाहरुले क्लाउडमा आधारित सेवाहरु उपभोग गरिरहेका छन् । कम्पनीले क्लाउडमा आउन बाँकी संस्थाहरुलाई पनि विशेष सुविधा सहितको योजना सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको पहिलो त्रैमासभित्र बाँकी संस्थाहरु पनि क्लाउडमा आइसक्ने कम्पनीकी सिइओ इञ्जिनियर चौधरीले दावी गरिन् ।

सूचना प्रविधि फिन टेकको क्षेत्रमा लामो अनुभव हासिल रहेको कम्पनीले सहकारी क्षेत्रका लागि नयाँ–नयाँ प्रविधिको विकासमा काम गरिरहेको छ । कम्पनी हाल फिनएक्स को–अपरेटिभ सफ्टवेयरलाई नेपालकै सबैभन्दा बढी विशेषता भएको सफ्टवेयरका रुपमा विकास गर्ने योजना सहित अघि बढिरहेको छ । यसका लागि लामो समयदेखि सफ्टवेयर निर्माणमा विज्ञता हासिल गर्नुभएकी वरिष्ठ इञ्जिनियर सिइओ रमिता चौधरीको नेतृत्व गरिरहेकी छन् ।

प्रकाशित : १९ असार २०८१, बुधबार १७:१७