अब एक व्यक्ति एक मात्र सहकारीको सञ्चालक हुन पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अब एक व्यक्ति एक मात्र सहकारीको सञ्चालक हुन पाउने



काठमाडौं । सहकारी विभागले सहकारी संघसंस्थाको सञ्चालक हुने व्यवस्थालाई थप कडाइ गर्ने भएको छ । बुधबार सहकारी संघसंस्थालाई एक निर्देशन जारी गर्दै विभागले ३० दिनभित्र एक भन्दा बढी सहकारी संस्थाको सञ्चालक भए एक संस्थामा मात्रै सञ्चालक बसेर अरुमा छोड्न निर्देशन दिएको हो ।

विभागले सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ भन्ने व्यवस्था रहेको भन्दै सोही व्यवस्था लागु गर्न निर्देशन जारी गरेको जनाएकाे छ।

अन्यथा कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाईने विभागले जनाएको छ ।

प्रकाशित : १९ असार २०८१, बुधबार १६:१५