सुनको मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थतन्त्र

सुनको मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुन आज तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला एक लाख ४२ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा खरिद बिक्री भएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज चाँदीको मूल्य ताेलामा २० रुपैयाँले बढेको छ । आजको बजारमा चाँदीको मूल्य प्रतिताेला एक हजार ८२५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदीको मूल्य तोलामा एक हजार ८०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित : १९ असार २०८१, बुधबार ११:५८