काठमाडौं । कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले ३५ करोड रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको छ।
आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारणसभाबाट अनुमोदन तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३५ लाख कित्ता अग्राधिकार सेयर जारी गर्नेछ। यो अग्राधिकार सेयरको लाभांश दर ९ प्रतिशत रहने बैंकले जनाएको छ।
अग्राधिकार संस्थागत लगानीकर्ताले मात्र खरिद गर्न पाउनेछन्। उनीहरुले मुनाफा भएको वर्षमात्र लाभांश पाउनेछन्।
हालै राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै पुँजी कोषको दबाबमा रहेका बैंकहरुलाई अग्राधिकार सेयर जारी गर्न पाउने व्यवस्था गरेको थियो ।
Comment